कोशी सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

कोशी सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने



विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदले प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेशसभालाई निर्देशनसमेत दिएको छ ।