कोशी प्रदेशले कृषिमा छुटयायो २ अर्ब ७ करोड बजेट

कोशी प्रदेशले कृषिमा छुटयायो २ अर्ब ७ करोड बजेट



विराटनगर । कोशी प्रदेश सरकारले ‘उत्पादन साथमा नगद हातमा’ नारासहित चिया उत्पादन गर्नेलाई अनुदान दिने भएको हो ।

चियाको गुणस्तर हरियो पत्ती उत्पादनमा संलग्न कृषक र मजदुरलाई ४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री हिक्मत कार्कीले बजेट वक्तव्यमा दुध उत्पादनमा २ रुपैयाँ अनुदान दिने कार्यलाई निरन्तरता दिएको बताएका छन् । यसका लागि ११ करोड ८१ लाख बजेट विनियोजन गरेका छन् ।

कृषि उपजको बजारीकरण र बजार व्यवस्थानका लागि ७ करोड २० लाख रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

कृषि कर्जाका लागि ब्याज अनुदानका लागि बजेट व्यवस्था गरिएको छ। पाहाडी क्षेत्रमा फलफूल उत्पादन र प्रवद्धन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

एक स्थानीय तह एक उत्पादन कार्यक्रमका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको कार्कीले बताएका छन् ।

कोशी प्रदेशले कृषी क्षेत्रका लागि २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।