गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट



पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभामा सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।

कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याएको छ । कुल बजेटको १.०५ प्रतिशत सञ्चितकोष माथि व्ययभार पर्ने उनले बताए

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ । समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने उनले बताए ।