नेपालमा पनि भेटियो मंकीपक्स भाइरस

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस



काठमाडौं । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो ।

उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो ।

उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।