प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक



काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले मिति २०८०/०२/२९ मा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ ।

यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरेको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी १६७ शाखारउपशाखा संचालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन् ।

प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ (FPO) जारी गर्ने सहमति भएको छ ।