झोलुङ्गे पुलमुनि पुरुषको शव फेला

झोलुङ्गे पुलमुनि पुरुषको शव फेला



काठमाडौं । भक्तपुरमा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बास्तोला गाउँस्थित बन पँधेरी जोड्ने झोलुङ्गे पुलमुनि अन्दाजी ३०/३५ बर्षको पुरुषको शव फेला परेको हो ।

आज बिहान ८ बजेतिर स्थानीयहरु हिंड्दै गर्दा उक्त शव फेला परेको बताइएको छ । शवको पहिचान भने हुन सकेको छैन । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।