भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु



मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेस्थित सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय विवेक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गतको सडकमा दिउँसो १:४५ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीएसी ०५३७ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खोँचमा खसेको थियो ।

त्यस्तै कारमा सवार अर्का एक जना घाइते भएका छन् । भीमफेदी–५ बस्ने ४५ वर्षीय राजकुमार बल घाइते भएको र उनलाई उपचारका लागि हेटौंडातर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।