लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



झापा । लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ ठेगाना भएका ३० वर्षीय सतारे भन्ने रन्जित खड्गीलाई पक्राउ गरेको छ ।  

झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले सुनसरी धरान उपमहानगरपालिका-७ बाट फेला पारी पक्राउ गरेको हो । 

उनलई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।