हवाई भाडा घट्यो, कहाँको भाडा कति ?

हवाई भाडा घट्यो, कहाँको भाडा कति ?



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधवार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।

यस्तै काठमाडौं–भद्रपुरको तीन सय, काठमाडौं–विराटनगरको दुई सय ४०, काठमाडौं–धनगढीको चार सय ४५, काठमाडौं–नेपालगञ्जको तीन सय २५, काठमाडौं–भैरहवाको दुई सय १० र काठमाडौं–सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ ।

हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो ।
हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क :