जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोडको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोडको बजेट



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार उपमेयर किशोरी साहले प्रस्तुत गरेको बजेटमा आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद् व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले फोहोरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणको नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाको गाडी पार्किङस्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको थप निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छ ।