छायानाथ रारा नगरपालिका : नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

छायानाथ रारा नगरपालिका : नीति तथा कार्यक्रमका लागि सुझाव संकलन



मुगु । छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि यहाँका नागिरकसँग सुझाव संकलन गरेको छ । 

शुक्रबार एक कार्यक्रमबीच विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले १३औं नगरसभाको पूर्वसन्ध्यामा सम्बृद्ध नगर निर्माणका लागि यहाँका नागिरकले सुझाव दिएका छन् । नगरपालिकाले  सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए । 

उनका अनुसार जिल्लामै पहिलो पटक नागिरकसँग सुझाव माग्ने भनेकै छायानाथ रारा नगरपालिका हो । यसले गर्दा विकास निर्माणमा नागिरकसँग फलदायी देखिने हुँदा यस कार्यक्रमको थालनी गरिएको नगर प्रमुख भामको भनाइ छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि बिहीबार पत्रकार सम्मेलन गर्दै पत्रकारसँग पनि सुझाव मागिएको थियो । रेडियो मुगुका समाचार प्रमुख खड्क सुनारले मुगुमा काम गर्ने पत्रकारलाई नगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको भए काममा केही सहज हुने सुझाव दिएका थिए ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको तथा यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छायानाथ रारा नगरपालिकाले जनाएको छ ।