लागूऔषधसहित भारतीय नागरिक पक्राउ

लागूऔषधसहित भारतीय नागरिक पक्राउ



बर्दिया । बर्दियाको बढैयातालमा लागूऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक लागूऔषध कारोबारी भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लाको बलैगाउँ हुदै आउने क्रममा बढैयाताल गाउँपालिका २ फुटाहामा शनिबार बेलुका २ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पक्राउ परेका भारत बलैगाउँका २५ वर्षीय मनोजकुमार थारु हुन् । जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणको लागूऔषध ब्राउनसुगर फेला पारेको बताइएकाे छ । लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी, बर्दियाको संयुक्त टोलीले जाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो ।

हाफ पेन्टभित्र लुकाएर नेपाली भूभाग फुटाहामा प्रवेश गर्दा शंका लागेर जाँच गरिएको थियो । बर्दियामा बढैयातालको जमुनी र गुलरियाको गणेशपुर लागूऔषध भारतबाट भित्र्याउने प्रमुख गन्तव्य मानिन्छ ।