कोशी प्रदेशसभा बैठक १४ असारमा बोलाइयो

कोशी प्रदेशसभा बैठक १४ असारमा बोलाइयो



विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारमा बोलाइएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले १४ असारमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ । १४ असारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि एमाले नेता कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।