जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले निर्वाचन आयोगले जसरी चाहन्छ, त्यसरी नै निर्वाचन कार्यालय रहने जानकारी दिए ।

“जिल्ला निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहेनछन् । अझ सबल बनाउन के प्रबन्ध गर्नुपर्छ, सरकारले के गर्नुपर्‍यो ? सरकार गर्न तयार छ,” उनले भने, “जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन । निर्वाचन आयोगले जसरी चाह्यो, त्यसरी राख्न सकिनेछ ।”

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने आफूहरूको मनसाय नभए पनि बजेट वक्तव्यमा पर्न गएको जिकिर गरे । “हामीले निर्वाचन कार्यालय खारेजी भनेका थिएनौँ । खारेजी शब्द पर्न गयो,” उनले भने ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्तावप्रति नेकपा एमाले र रास्वपाका सांसदले तीव्र विरोध जनाएका थिए ।