प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको हाे ।

मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ । जुन प्रतिनिधिसभाको बहुमत हो । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपाले भने विपक्षमा मतादान गरेका छन् ।

सभामुखले ध्वनी मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनको आधारमा प्रक्रिया अघि बढाउन सभामुखसँग माग गरेको थियो ।

गत जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेको थियो ।