एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित



दाङ । लुम्बिनीमा एमालेको विरोधपछि प्रदेश सभाको बैठक असार १७ गते आइतवारसम्मका लागि स्थिगीत गरिएको छ ।

प्रतिपक्ष दल एमालेकोले बजेटमा योनजाहरु कटौती गरेको विषयमा विरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न भनेर बुधवार दिउँसो प्रदेश सभाको बाह्रौ बैठक बसेको थियो ।

बैठकमा सुरूवातमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएका थिए।

प्रदेश सभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले बजेटमा कटौती गरिएका क्रमागत योजनाहरु बजेटमा पुनः समावेश गर्नुपर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने कुराको संशोधन गर्नुपर्ने भन्दै अडान लिए।

त्यसपछि प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि भनेर आधा घण्टा बैठक स्थगित भएको जानकारी दिएका थिए ।

त्यसपछि पुन: बैठक नबसी सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराइएको हो ।