कोशी प्रदेशमा तटस्थ बस्ने जसपाकाे निर्णय

कोशी प्रदेशमा तटस्थ बस्ने जसपाकाे निर्णय



विराटनगर। जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा तटस्थ बस्ने भएकाे छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले पार्टी पहिचानको आन्दोलनमा रहेकाेले मतदान प्रक्रियामा तटस्थ बस्ने निर्णय भएको बताए ।

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वकाे सरकार अल्पमतमा परेकाे थियाे ।