काठमाडौं । एनआईबीएल एस क्यापीटलले मेगा क्यापिटल मार्केट्सलाई एक्वायर गरेर १८ असारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुई कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रार कार्यालयले ११ असारमा स्वीकृति दिएको हो । यस्तै, दुवै संस्थाको विशेष साधारणले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।
दुवै एक भएपछि अब एनआईबीएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्तिपश्चात कम्पनीको केन्द्रीय लाजिम्पाट काठमाडौंमा रहनेछ ।
प्रतिक्रिया