विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संसद् छाडेर हिँडेका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै उनी हिँडेका हुन् ।
आधा घण्टाका लागि स्थगित गरिएको बैठक मुख्यमन्त्री नआएपछि शुरू हुन सकेको छैन । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका छन् ।
मुख्यमन्त्रीले आधा घण्टाको समय मागेका कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए ।
प्रदेश सभाको बिहीवारकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी रहेको छ ।
स्रोतले दिएको जानकारीअनुसार मुख्यमन्त्रीले भोलि शुक्रवारका लागि समय माग गरेका थिए । सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल शुरू गरेकाे बताइएको छ ।
प्रतिक्रिया