कोशी प्रदेशसभाको बैठक जारी

कोशी प्रदेशसभाको बैठक जारी

मुख्यमन्त्रीले विश्वासको मत लिँदै



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले बैठकमा विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । यसपछि मत विभाजन हुने कार्यसूची छ ।

मुख्यमन्त्री कार्की हिजो प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज ११:०० बजेका लागि बोलाइएको भए पनि १ घण्टा ढिलो सुरु भएको हो ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।