काठमाडौं । एमालेको सरकार ढलेपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता-गठबन्धनबीच कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सहमति भएको छ ।
उक्त पदमा माओवादी केन्द्रको पनि दाबी रहँदै आएको अवस्थामा सोमबार बालुवाटारमा बसेको संघीय सरकारको गठबन्धनले उक्त सहमति गरेको हो ।
बैठकपछि नेकपा एसका नेता राजेन्द्र पाण्डेले कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको जानकारी दिए ।
कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका छन् । खापुङले नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसार दुई दल वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रतिक्रिया