एमालेलाई एक नम्बर पार्टी बनाउन कर्णाली आएको हुँ : लेखराज भट्ट

एमालेलाई एक नम्बर पार्टी बनाउन कर्णाली आएको हुँ : लेखराज भट्ट



सुर्खेत । नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित कर्णाली आएको दावी गरेका छन् ।

जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रित सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

इञ्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरूले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’

पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरू जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाइ थियो ।