लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध कायमै

लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध कायमै



दाङ । लुम्बिनी प्रदेशसभा दोस्रो अधिवेसनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेक पारित गरेको छ ।

प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच प्रदेशसभाले विधेक पारित गरेको हो । सभामुख तुलाराम घर्तीले विधेकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे ।

आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेकको प्रस्ताव पेश गर्ने क्रममा रोष्ट्रम घेराउ गरिएको थियो ।

बैठक अघि बढ्न नसकेपछि एक घण्टाको लागि बैठक स्थगित गरिएको छ । सरकार र विपक्षी दलको विचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरिएको हो ।

सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।