दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आगामी भदाैमा हुने भएकाे छ । दाङकाे भालुभाङमा बसेको प्रदेश समितिकाे बैठकले भदाैमा प्रदेश सम्मेलन गर्न तयारी अगाडि बढाउने निर्णय गरेकाे हाे ।
सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवम् सम्मेलन प्रतिनिधिहरूको सहभागिता हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।
कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सराकारलाई थप सशक्त र जनमुखी बनाउन जनभावना अनुरुप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडि बढ्ने निर्णय पनि बैठकले गरेकाे छ ।
कांग्रेस लुम्बिनीले सम्बन्धित तहका समिततिको सिफारिसमा मात्र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा नियुक्ति गर्न पनि केन्द्रीय समितिलाई आग्रह गरेकाे छ ।
यस्तै बैठकले प्रदेशसभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समयासामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको सभापति पुनले बताए ।
प्रतिक्रिया