विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेसे गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदको समर्थन छ । मुख्यमन्त्री नियुक्त हुन सभामुखलाई समेत गणना गरिएको छ ।
गठबन्धन दलसँग सभामुखसहित ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । एमालेले सभामुख दलविहीन अवस्थामा रहने भएकाले सरकार गठनमा गणना गर्नु संविधान विपरीत भएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।
प्रतिक्रिया