सीता दाहालको निधनको खबरले मर्माहत भएको छु : भारतीय प्रधानमन्त्री मोदी

सीता दाहालको निधनको खबरले मर्माहत भएको छु : भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । दाहालको निधनको खबरले मर्माहत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’