निर्माण व्यवसायी महासंघ धर्नामा

निर्माण व्यवसायी महासंघ धर्नामा


ग्लोब नेपाल
14.5k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार बिहान माइतीघर मण्डलामा धर्ना दिने भएकाे छ । असार मसान्त भइसक्दा पनि सरकारले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी नगरेको र म्याद थपसम्बन्धी गरेको निर्णयको विरोधस्वरुप व्यवसायी धर्नामा बस्ने भएका हुन् ।

शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने धर्नामा महासंघका मानार्थ सदस्यहरु, कार्यसमिति सदस्यका सल्लाहकार, पदाधिकारीहरु, सदस्यहरु, आमन्त्रित सदस्यहरु, एसोसिएट सदस्यहरु र बागमति प्रदेश महासंघ तथा उपत्यका भित्रका जिल्ला संघहरू काठमाडौ, ललितपुर, भक्तपुर अन्तर्गतका सदस्यहरू लगायत काठमाडौंमा रहनु भएका सम्पूर्ण निर्माण व्यवसायी सदस्यहरूको अनिवार्य उपस्थितिका महासंघका कार्यवाहक महासचिव शिवहरि घिमिरेले आह्वान गरेका छन् ।