माइतीघर मण्डलामा निर्माण व्यवसायी महासंघको धर्ना (फोटोफिचर)

माइतीघर मण्डलामा निर्माण व्यवसायी महासंघको धर्ना (फोटोफिचर)


ग्लोब नेपाल
30.2k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार बिहान माइतीघर मण्डलामा धर्ना दिएको छ । असार मसान्त भइसक्दा पनि सरकारले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी नगरेको र म्याद थपसम्बन्धी गरेको निर्णयको विरोधस्वरुप व्यवसायीहरुले धर्ना दिएका हुन् ।

आज बिहान ९ बजेबाट सुरु भएको धर्नामा महासंघका मानार्थ सदस्यहरु, कार्यसमिति सदस्यका सल्लाहकार, पदाधिकारीहरु, सदस्यहरु, आमन्त्रित सदस्यहरु, एसोसिएट सदस्यहरु र बागमति प्रदेश महासंघ तथा उपत्यका भित्रका जिल्ला संघहरू काठमाडौ, ललितपुर, भक्तपुर अन्तर्गतका सदस्यहरू लगायत काठमाडौंमा रहनु भएका सम्पूर्ण निर्माण व्यवसायी सदस्यहरूको सहभागिता थियो ।