अमेरिकी सहायक विदेशमन्त्री लूले अर्पण गरे सीता दाहालप्रति श्रद्धाञ्जली

अमेरिकी सहायक विदेशमन्त्री लूले अर्पण गरे सीता दाहालप्रति श्रद्धाञ्जली



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेट गरेका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन् । लूले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै सीताको तस्वीरमा माल्यार्पण गरेका छन् ।

लूले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग भेटवार्ता गरिसकेका छन् ।