भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ ।

भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची आउनेगर्छ । एलपीजी ग्याँसको मूल्यसूची भने प्रत्येक महिनाको १ तारिखमा आउँछ ।

नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ ।