सानेपामा मनाइयो गगन थापाको जन्मदिन

सानेपामा मनाइयो गगन थापाको जन्मदिन



काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ । २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका नेता थापाले आज आफ्नो जन्मदिन मनाएका हुन् ।

पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका हुन् ।

आजको बैठक सकिए लगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए ।