श्रीलङ्कालाई हराउँदै पाकिस्तान एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा

श्रीलङ्कालाई हराउँदै पाकिस्तान एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा



काठमाडौं । श्रीलङ्का ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार काेलम्बाेमा भएकाे पहिलाे सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेकाे हाे ।

पाकिस्तानले दिएकाे ३ सय २३ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयाे । श्रीलङ्काका अभिष्का फर्नान्डाे र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायाे । पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै माेहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु समाराकून, प्रमाेद मदुशन र चमिका करुनारत्नेले २/२ विकेट लिए ।

यसैबीच प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनल खेलमा अहिले भारत र बङ्गलादेशबीच खेल भइरहेकाे छ । पाकिस्तानले उपाधिका लागि याे खेलकाे विजेतासँग खेल्नेछ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।