‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को उपाधि जुवली शेर्पालाई

‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को उपाधि जुवली शेर्पालाई



न्यूयोर्क । न्यूयोर्क शहरमा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ग्रान्ड फिनाले समापन समारोहमा जुवली शेर्पा बिजयी भएकी छिन्।

कूल १८ जना प्रतियोगीहरुलाई पछि पार्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ अर्थात ‘उत्तर अमेरिका नेपाल सुन्दरी २०२३’ को ताज पहिरन जुवली शेर्पा सफल भएकी हुन् । प्रथम उपबिजेता रजिला बास्तोला र द्वितिय उपबिजेता इसा सुवेदी भएका छन् । उक्त प्रतियोगिताको लागि क्यानडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको प्रतियोगिता विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा आयोजना गरिएको थियो ।

सुन्दरी प्रतियोगिताको लागि नेपालबाट नायिका प्रियका कार्की, आयुष्मान देशराज जोशी, मिस नेपालका सॅस्थापक सभापति दिवाकर राजकर्णिकार, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे, शुभेक्षा खड्का, सदिक्षा श्रेष्ठ लगायत अमेरिका आएका थिए । जस मध्ये निर्णायकको भूमिकामा प्रियॅका कार्की, आयुशमान देशराज जोशी,दिवाकर राजकर्णिकार,रेश्मी घिमिरे, मम्पी घोष लगायत ११ जना रहेका थिए ।

बिजेताले नेपालमा आयोजना हुने ‘नेपाल सुन्दरी २०२४ (Miss Nepal)’ प्रतियोगितामा प्रतिस्पर्धीको रुपमा सिधै भाग लिन पाउने छन् ।

यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन् । पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ पूर्ण प्रशिक्षण (कोरियोग्राफर) रहेकी थिईन भने यस पटक पनि आधिकारिक फोटोग्राफर नाम्लो ईभेन्टस्का बिक्रान्तमान श्रेष्ठ रहेका थिए ।

समाचार सौजन्यः ईनेप्लिज डट कम