काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र Maya Metro Hospital Pvt. Ltd., धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ
उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र Maya Metro का अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई Maya Metro ले धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः X-ray, USG, ECHO लगायतका सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले Maya metro सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।
प्रतिक्रिया