महिला विश्वकप : इटलीले अर्जेन्टिनालाई हरायाे

महिला विश्वकप : इटलीले अर्जेन्टिनालाई हरायाे



काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएकाे छ ।

आज साेमवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे खेलमा इटलीले अर्जेन्टिनालाई १–० गाेलले हरायाे । इटलीका लागि खेलकाे ८७ औँ मिनेटमा क्रिस्टिना गिरेलीले गाेल गरिन् । याे जितसँगै समूह ‘जी’ मा रहेकाे इटलीले ३ अङ्क जाेडेकाे छ ।

विश्वकपमा आजै दिउँसाे सवा २ बजे समूह ‘एच’ काे जर्मनी र माेराेक्काे खेल्दैछन् । यस्तै बेलुकी पाैने ५ बजे ब्राजिल र पनामा खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ । एजेन्सी