महिला विश्वकप : एरीको ह्याट्रिकमा ब्राजिलले पानामालाई ४–० ले हरायाे

महिला विश्वकप : एरीको ह्याट्रिकमा ब्राजिलले पानामालाई ४–० ले हरायाे



काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा ब्राजिलले पानामालाई फराकिलाे अन्तरले हराएकाे छ ।

आज साेमवार अस्ट्रेलियाकाे हिन्डमार्श स्टेडियममा भएकाे खेलमा ब्राजिलले पनामालाई ४–० गाेलले हरायाे । ब्राजिलका लागि एरी बाेर्ज्सले ह्याट्रिक गरिन् । उनले खेलकाे १९, ३९ र ७० औँ मिनेटमा गाेल गरिन् । यस्तै बेट्रिज जनेराटाेले खेलकाे ४८ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘एफ’ मा रहेकाे ब्राजिलले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा जर्मनीले माेरक्काेलाई ६–० गाेलले हरायाे । यस्तै न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे खेलमा इटलीले अर्जेन्टिनालाई १–० गाेलले हरायाे ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।