सुडानको शान्ति मिसनमा रहेका नेपाली सैनिक मृत फेला

सुडानको शान्ति मिसनमा रहेका नेपाली सैनिक मृत फेला



काठमाडौं । सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत भेटिएका छन् । दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिएका हुन् ।

जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका नेपाली सेनाले जनाएको छ । घटनाको अनुसन्धान गरेर पोष्टमार्टमपछि उनको शव नेपाल ल्याइने सेनाले जनाएको छ ।