साउन महिनामा नारीहरूलाई लक्षित गर्दै आइएमई पेले ल्यायो ‘प्रिटी उत्सव’

साउन महिनामा नारीहरूलाई लक्षित गर्दै आइएमई पेले ल्यायो ‘प्रिटी उत्सव’



काठमाडौँ । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “Pretty उत्सव” नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ ।

यस अफरमा जित्ने प्रत्येक विजेतालाई Pretty click को रु. ५००० को भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नु पर्नेछ ।

अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्युआर मार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले Pretty Click मा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बिचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैङ्कको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।