मधेशमा कांग्रेसका समिम र जनमतका सिंह मन्त्री नियुक्त

मधेशमा कांग्रेसका समिम र जनमतका सिंह मन्त्री नियुक्त



जनकपुरधाम । मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट मोह्मद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका छन् ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।