काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार डराएको दाबी गरेका छन् ।
सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको जिकिर गरे । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए ।
उनले भने, ‘सरकार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउन किन चाहन्न भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाई प्रोफाइलका कर्मचारी, नेताहरू तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई सुन तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भएको छ ।’
प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको ‘हब’ बन्न लागेको भन्दै यसलाई राेक्नुपर्ने बताए ।


प्रतिक्रिया