काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । शिक्षा ऐनलाई संसदमा पेश गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको छ । यो विषयमा कृषि मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने छलफल भएको हाे ।
यस्तै, दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
बैठकले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया