काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । बैठकमा महासचिव देव गुरुङले बैठकको नियम पढेर सुनाउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।
बैठकमा सदस्यहरुले मोबाइल अफ गर्नुपर्ने र रेकर्ड वा लाइभ गर्न नपाइने नियम छ । नेपाली कांग्रेसले जस्तै केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरे पनि फेरी पछि हटेको माओवादी केन्द्रले बैठककाे नियम कडा बनाएको हो ।
महासचिव गुरुङले अध्यक्षले प्रतिवेदन पेस गरेपछि बोल्न चाहनेले नाम टिपाउनुपर्ने बताएका छन् । बोल्नका लागि पाँच मिनेटको समय तोकिएको छ भने पाँच मिनेट सकिएपछि माइक बन्द हुने नियम बनाइएको छ ।
खाजा खानका लागि ४५ मिनेट ब्रेक दिइने र साँझ ६ बजेसम्म बैठक सञ्चालन हुने बताइएको छ ।
प्रतिक्रिया