मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस्मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस्मा विशेष छुट



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर'(Sukra House of Diagnostic and Wellness Center) सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र डाएगनोस्टीकस्का विभिन्न सेवाहरुमा १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न नेपालभरी रहेका भिजा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट यस बैंकको एटिएम कार्ड प्रयोग गरी नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।