काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हाे ।
संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।
संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखिरहेको छ । सत्ता पक्ष भने समिति बनाउन तयार भएको छैन ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज दुई पटकसम्म छलफल भएको थियो । सिंहदरबार र नयाँ बानेश्वरमा दुई पटक छलफल भए पनि सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो ।
प्रतिक्रिया