काठमाडौं । नेपाली कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । सुन तस्करीका विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहेका बेला सभापति देउवाले पार्टीको संसदीय दलको बैठक बाेलाएका हुन् ।
बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । शुक्रबार १ बजे नै प्रतिनिधिसभा बैठक पनि बस्ने कार्यसूची रहेको छ । देउवाले बिहीबार पनि संसदीय दलका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।


प्रतिक्रिया