पाकिस्तानमा अनवर-उल-हक काकर अन्तरिम प्रधानमन्त्री

पाकिस्तानमा अनवर-उल-हक काकर अन्तरिम प्रधानमन्त्री


ग्लोब नेपाल
270
Shares

इस्लामाबाद । पाकिस्तानमा अनवर-उल-हक काकर अन्तरिम प्रधानमन्त्री चयन भएका छन् ।

प्रधानमन्त्री शहबाज शरिफ र विघटित संसदमा प्रतिपक्षी दलका नेता राजा रियाजबीचको दोस्रो चरणको छलफलले सिनेटर काकरलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा चयन गर्ने निर्णय गरेको हो ।

अन्तरिम प्रधानमन्त्री काकर बलुचिस्तान अवामी पार्टीका सांसद हुन् । दलहरुको निर्णयलाई राष्ट्रपति अरिफ अल्भीले अनुमोदन गरिसकेका छन् । उनले भोलि सपथ लिने बताइएको छ । अन्तरिम प्रधानमन्त्री काकरले ९० दिन चुनावी सरकारको नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्री शरिफले यसै साता संसद् विघटन गरेका थिए ।