सुनसरी । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमले सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरेको छ ।
आज बिहान चार बजेको मापनअनुसार सप्तकोशी नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् भने कोशी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया