बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ



ललितपुर । बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ । 

दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई यौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।