न्युयोर्क । ‘मानव अनुहार’ भएको कुकुरको तस्विर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
‘मानव अनुहार’ भएको यो कुकुरको नाम ‘योगी’ हो। ऊ शिहपू जातको कुकुर हो। ऊ गत महिना मात्रै एक वर्षको भयो। मानिसहरुले उनको अनुहार मानिसजस्तै भएको ठान्छन् ।
मिररको रिपोर्ट अनुसार यो कुकुरको तस्बिर फेसबुक र ट्विटरमाजस्ता प्लेटफर्ममा भाइरल भइरहेको छ। पोस्ट भएपछि ‘मानव अनुहार’ भएको यो कुकुरको तस्विरले इन्टरनेटमा आतंक मच्चाएको छ । ‘मानव अनुहार’ भएको यो कुकुरको तस्विरलाई लिएर नेटिजन्सले आश्चर्य व्यक्त गरेका छन् ।
एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘यो मानिसको अनुहार जस्तो देखिन्छ, मलाइ जस्तै धेरैलाई यस्तै लाग्छ होला ।’ अर्का प्रयोगकर्ताले भने, ‘मैले कुकुरमा देखेको यो कुकुरको सबैभन्दा धेरै मानिसजस्तै आँखा छ।’ केही समयमै यो तस्विर ट्विटरमा देखा पर्यो, जहाँ मानिसहरूले यो कुकुरलाई मन पराउन थाले।
तर, अहिलेको डिजिटल युगमा तस्बिरमा सम्पादन गर्न निकै सजिलो छ तर यो शंकालाई लिएर ‘मिरर अनलाइन’ले यस कुकुरका मालिक चान्टल देसजार्डिनसँग कुरा गरेको छ । चान्टल देसजार्डिन्सले तस्बिरमा कुनै किसिमको छेडछाड नगरिएको बताइन् । तस्वीर सम्पादन गरिएको छैन।
चान्टल देसजार्डिन्स भन्छिन् कि, उनी आफ्नो कुकुरलाई फरक नजरले हेर्दैनन्। तिनीहरूका लागि साधारण कुकुर जस्तै छन ।’


प्रतिक्रिया