यी स्थानमा भोलि विद्युत अवरुद्ध हुने

यी स्थानमा भोलि विद्युत अवरुद्ध हुने


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार (भोलि) विद्युत् सेवा अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ ।

साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि काम सम्पन्न भए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ ।

कहाँ हुँदै छ विद्युत् सेवा अवरुद्ध ?